Notice

Now We are Going to Upatede New Serial,Movie,song As well as other Stuff

hamro aawaj weekly program

ChamChami November 27th Click here
-Weekly Program Hamro Aawaza Click here

-Harke Haldar November 27th Click Here



Powered by Blogger.

wanted First Refugee Movie

wanted First Refugee Movie
Released

recent movie

interview of week program


विराज / निखिलको भविष्य के ?

नेपाली सिनेमामा हुँदा खाँदाका दुई अभिनेता विराज भट्ट र निखिल उप्रेतीको पलायनले फेरि एउटा बहस सिर्जना गरिदिएको छ । उनीहरु दर्शकको नजरमा आइकन हुँदा हुँदै च्वाट्टै छाडेर हिंडे, विराज भोजपुरी फिल्मको चास्नीमा फुल टाइम डुब्न थाले भने निखिल बलिउड चास्नीमा डुब्न संघर्ष गर्दै छन् । दुई हिरोमा एक समानता थियो, दुवै एक्सन हिरोको रुपमा स्थापित थिए र नेपाली दर्शको आँखाले पनि निखिल र विराजले पर्दामा भिलेनलाई भरमार कुटेको देख्न चाहन्थे ।

'अभिनयमा तिखारिएर राम्रो भएको बेला निखिलजि हिंडनुभयो ।’ - शिव रेग्मीshiva-regmi-in

यी सबै कुरा लत्याएर हिंडे उनीहरु । निखिल उप्रेतीसँग धेरै काम गरेका निर्देशक शिव रेग्मी निखिल हिंडेकोमा दुखि छन् । उनी भन्छन्, ‘अभिनयमा तिखारिएर राम्रो भएको बेला निखिल जि हिंडनुभयो ।’ ‘हामी तीन भाइ’, ‘युद्ध’, ‘मानिस’, ‘राम बलराम’जस्ता शिवले निर्देशन गरेको सिनेमामा निखिलले अभिनय गरेका छन् । जसमध्ये तीन वटाबाट नेस्नल अवार्ड पनि पाइसके । निखिल फर्कनुपर्नेमा शिवले जोड दिन्छन् भने विराजबारे पनि उस्तै धारणा व्यक्त गर्छन् रेग्मी । ‘भोजपुरी सिनेमामा व्यस्त भएपनि विराज जि फर्कनुहोला’ अभिनेता शिव श्रेष्ठको उदाहरण दिंदै भन्छन्, ‘शिव जि पनि पाकिस्तानी सिनेममा व्यस्त भएपनि आखिर नेपालै फर्कनुभो ।’
'यी हिरोहरुले आफूसँग भएको प्रतिभा पूर्ण रुपमा एक्सपोज गर्न नपाएकाले उता गएका हुन सक्छन्'- यज्ञशyagyasha-in

यसैगरी पत्रकार यज्ञशको नजरमा यी हिरोहरुले आफूसँग भएको प्रतिभा पूर्ण रुपमा एक्सपोज गर्न नपाएकाले उता गएको हुन सक्ने अड्कल काट्छन्। उनी भन्छन्, ‘निखिल जिले ठूलो मार्केट खोजेको हुनसक्छ ।’ यसबाहेक मानोटोनस फिल भएर पनि यहाँबाट हिंडेको हुन सक्ने अड्कल उनको छ 

0 comments:

Post a Comment