Notice

Now We are Going to Upatede New Serial,Movie,song As well as other Stuff

hamro aawaj weekly program

ChamChami November 27th Click here
-Weekly Program Hamro Aawaza Click here

-Harke Haldar November 27th Click Here



Powered by Blogger.

wanted First Refugee Movie

wanted First Refugee Movie
Released

recent movie

interview of week program


राजबल्लभले भने 'नेपाली सिनेमा यार्सागुम्बा जस्तो'



फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर ११, आईतवार

साहित्यप्रेमी हिरो राजबल्लभ कोईरालाले बहुमूल्य जडिबुटी यार्सागुम्बासंग नेपाली चलचित्रलाई दाँजेका छन् ।
 
फिल्मीखबरसंग कुरा गर्दै बल्लभले भने, 'जसरी आधा जीव र आधा बनस्पतिको रूपमा यार्सागुम्बा छ त्यसैगरी चलचित्र उधोग न त कलाको रूपबाट पूर्ण  छ  न साहित्यको रूपबाट, त्यसैले यो उधोग यार्सागुम्बा जस्तो छ ।' यसैगरी चाडपर्वको सिजनमा मात्र राम्रो ब्यापार हुने नेपाली सिनेमाको बजारलाई पनि उनले यार्सागुम्बासंग दाँज्दै टिप्पणी गरेका छन् । उनी भन्छन्, 'जतिसुकै राम्रा सिनेमा बने पनि ब्यापारका लागि चाडपर्व नै चाहिदो रहेछ त्यसैले यार्सागुम्बा संकलन गर्न पनि एउटा सिजन चाहिन्छ ।'  हिमाली भेगमा मात्र पाईन च्याउ प्रजातिको जडिबुटी यार्सागुम्बा बयष्क हुनु अघि जेठ-असार महिनामा  संकलन गरिन्छ । 
 
 
पछिल्लो समय चलचित्र निर्माणको क्रमममा चलचित्रकर्मीले जस नपाएको बिषयलाई पनि उनी कवितामा ढाल्दै ब्यथा पोख्छन् । मंसिरको पहिलो साता उनले आफ्नो फेसबुक फ्यान पेजमा मिठास पूर्वक यसरी  लेखेका छन् - एउटा यथार्थ फिल्मी कविता.... ( आज 'मलाई मन पर्यो' को प्रेस शो। हेरुम कस्तो प्रतिक्रिया आउछ । बिडम्बना थोरै हाम्रा दर्शक, थोरै साथ, अनि चलचित्रको जाम पछिल्लो समयमा कसैले जस पाएका छैनन् । मौसम जस्तै चिसो छ गतिबिधि। धन्य अझै चली राखेको छ चलचित्र उधोग। तर आशा चै छ है । कठै जिन्दगीमा आशा हुनु पनि कति ठुलो कुरो रहेछ।' ) 
  Source From Flimykhabar.com
Read More......

म छु नि तिम्रो' लाई यू सर्टिफिकेट



फिल्मीखबर, काठमाण्डौ, २०६८ कार्त्तिक ३, बिहिवार


भोलि शुक्रबार प्रदर्शन  हुने भनिएता पनि वितरकको दवावमा  भाईटिकाको दिनमा  पोष्टपोण्ड भएको चलचित्र म छु नि तिम्रो ले यूनिभर्सल र्सर्टिफिकेट पाएको छ ।
 
रोज राणाले निर्माण गरेको सो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका हुन । जुन चलचित्रको जाँचपासका लागि आज साँझ  सेन्सर बोर्डमा लगिएको थियो । चलचित्रका मुख्य नायक समेत रहेका रोजले सेन्सर सर्टिफिकेट हातमा लिएपछी भने 'मेरो विगतका चलचित्रहरू  जस्तै यो चलचित्रमा पनि कहि कतै सेन्सरको कैची लागेन ।' यू सर्टिफिकेट को अर्थ  सवै बर्गका दर्शकले चलचित्र  हेर्न  पाउने आनुमति हो   ।   चलचित्रमा सौजन्य सुब्बा र आयुष रिजाल पनि प्रमुख भूमिकामा छन् । चलचित्रलाई सेन्सरबोर्डका पदाधिकारी तथा केही सञ्चारकर्मीले पनि हेरेको रोजले जानकारी दिए ।  
 
यस्तै यो चलचित्रको तिमिलाई न्यानो हुन्छ भने बोल सेन्टीमेन्टल गीत अहिले निकै  चर्चामा छ । म छु नि तिम्रो  प्रदीप उदयको चलचित्र हाम्रो माया जुनी जुनी लाईसंगै रिलिज हुदैछ । तर उपत्यका बाहिर मात्र यि दुई को भिडन्त हुनेछ । किनकी म छुनि तिम्रो अर्को सिजनमा मात्र काठमाण्डूमा रिलिज हुने कुरा छ । प्रदीप र रोजले यस अघिको प्रोजेक्ट पनि जुधाएका थिए । उता  एकैदिन रिलिज हुने भनिएको प्रदीपको चलचित्रको पनि केही दिनमा सेन्सर गरिने बताईएको छ । 
Read More......

रक्षा गर्दै राजु


फिल्मीखबर, काठमाण्डौ
कलाकार हुँदै चलचित्र निर्देशनमा हात हालेका राजु गिरी एक पछि अर्को चलचित्र निर्देशनमा ब्यस्त हुन थालेका छन् । चलचित्र दिलमायाबाट राम्रो प्रशंसा पाएपछि राजुले त्यस लगत्तै २ चलचित्रको निर्देशन गरे । डिजिटल चलचित्र 'खतरनाक जंगल' बाट निर्देशनमा हात हालेका गिरीले अहिले अर्को चलचित्र निर्देशन गर्दैछन् ।


चलचित्र चन्द्रावती, हत्याकाण्ड, मै राम्री जस्ता चलचित्र निर्देशन गरेपछि अहिले उनी रक्षा नामको चलचित्रमा काम गर्दै छन् । राजेश हमालको डेट फाइनल हुन बाँकी रहेको बताउदै गिरीले हमालले समय दिए १६ गतेबाट नै छायाँकन शुरू गर्ने जानकारी दिएका छन् । एक जना नायिकाको छनौट हुन बाँकी रहेको बताउने गिरीले अर्की नायिका भने भेटेका छन् । यसअघि चलचित्र हत्याकाण्डबाट डेब्यु गरेकी नायिका सारिका घिमिरेलाई नै उनले यो चलचित्रमा पनि दोहोराउने भएका छन् ।


पवन बस्नेतले निर्माण गर्ने चलचित्र रक्षामा प्रकाश धितालले स्कृप्ट लेखेका छन् । रामेश्वर कार्कीले क्यामेरामा दृष्यहरु कैद गर्ने छन् । रोशन श्रेष्ठले कलाकारको बिचमा लर्डाई गराउने छन् भने कबिराजले कम्मर मर्काउन लगाउने छन् । यसअघिका चलचित्रमा जस्तै यसपटक पनि राजुको चलचित्रमा संगीत अर्जुन पोखरेलले दिने भएका छन् । नेपालको समसामयिक राजनीतिलाई मुख्य विषय बनाइएको सो चलचित्रको छायाँकन काठमाडौं तथा पोखरामा हुने बताईएको छ ।
Read More......

किन कुटिए शोभित ?


thevermontnepali २०६८ आषाढ ३०, बिहिवार

चलचित्रका दृष्यहरुमा हामीले देखेका छौ नायक तथा खलनायकको लर्डाई । जव खलनायकको कुकर्मले सिमा नाघ्न थाल्दछ तव उसले नायकको राम धुलाई भेट्छ र पनि उसमा अहम कायमै हुन्छ र अन्तत: उसको पतन नै हुन्छ । हो यस्ता दृष्यहरु धेरै हेरेका छौ हामीले निर्देशक शोभित बस्नेतका चलचित्रहरुमा पनि । उनले आफ्ना चलचित्रमा नायक र खलनायक बिचको द्धन्द्धलाई त धेरै पटक वास्तविक नै हो कि जस्तै गरेर देखाएका छन् । अहिले यिनै निर्देशक चलचित्रको खलनायककै जस्तो ब्यवहारका कारण रियल लाईफका नायकको कुटाई खान पुगेका छन् ।


चलचित्र चिनोको निर्माणताका पोखराका कुमार गुरूङसंग लिएको ४ लाख रुपैया फिर्ता नगर्दा उनि चलचित्रकै शैलीमा कुटिएका हुन् । करीब २ वर्ष गण्डकी अञ्चल भर च्यारीटी गर्न पाउने तथा चलचित्र रिलिज हुनु अगावै पैसा फिर्ता गर्ने शर्तमा शोभितले पैसा लिएका थिए । तर शोभितले उनलाई चलचित्रका केही दृष्यमा खेलाए पनि अन्य कुनै पनि शर्त पुरा गरेनन् । चलचित्र रिलिज भयो राम्रो ब्यापार पनि गर्‍यो तर पनि कुमारले पैसा फिर्ता पाएनन् । गुरूङले पटक पटक टेलिफोन गरे तर शोभितले फोनमा कुरै गरेनन् । उनि भेट्न आए उनले भेट्दा पनि भेटेनन् । अब त अति भो भन्दै उनि काठमाडौ आए अनि शोभितले निर्देशन गरीरहेको चलचित्र प्लानको सुटिङ स्पटमा पुगे । त्यसपछि सुरु भयो शोभितको रामधुलाई ।


सुटिङ स्थलमा पुगेका कुमारले पहिला छायाँकन भैरहेको क्यामरा नियन्त्रणमा लिए । तर शोभितले त्यो क्यामरा बचाउन आए पछि कुमार र उनका सहयोगीका तर्फबाट हेलमेटको बर्षा उपहार पाए । कुमार र उनका सहयोगीहरुले शोभित सहित क्यामरालाई आधा घण्टा नियनत्रणमा लिए । युनिटका एक सदस्यले नाम नबताउने शर्तमा शोभितलाई पिटे पछि आफुहरु सबै तर्सेको बताए । केही बेरको कुटपिट पछि कुमारले शोभितलाई निर्माता संघमा पुर्‍याए। निर्माता संघका अध्यक्ष राजकुमार र्राई भन्छन्, 'उनिहरुले सम्बन्धित निकायमा ल्याएर राम्रो काम गरे ।' र्राईका अनुसार त्यस दिन उनैले मध्यस्तता गरी पचास हजार क्यास दिई बाकीँ रकम २/३ दिन भित्रमा फिर्ता गर्ने सहमतिमा शोभितलाई छुटाइएको थियो ।


यता पिडित कुमारले शोभित आफुसंग पटक पटक भागेर हिड्ने गरेकाले आफ्नो पैसा उठाउन केही एक्सन लिएको बताएका छन् । 'धेरै समय त साथी हो देला नि भनेर कुरें तर नदिने नै छाटकाट देखे पछि उनलाई तह लगाउन एक्सन लिएका हौं ।' कुटाई खाएको दिन ५० हजार र भोलिपल्ट २१ हजार दिएका शोभितले अहिले पनि आज भोलि गरेर टार्ने काम गरीरहेको गुरूङ बताउँछन् । कुमारले जुन सुकै हालतमा पनि पैसा फिर्ता लिइ छाड्ने जनाएका छन् । उनका अनुसार शोभितले आज भोलीमा पैसा फिर्ता नदिए जस्तो सुकै कदम उठाउन पनि उनि तयार छन् । आफु शोभितबाट ठगीएको बताउदै कुमारले आफु जस्तै अरु ठगीन नपरोस भन्ने चाहेका छन् ।


यता चलचित्र चिनोकै छायाँकनका लागी पोखरा जादा ड्याम साईड स्थित होटल नेचरल्याण्डमा बसी खाएको ३० हजार रुपैयाँ, पोखरामा होर्डिङ बोर्डको कारोबार गर्ने शोभित बस्यालको कम्पनी परिचय एडभटाइजिङका नाममा पनि सात हजार रुपैया बाँकी रहेको बुझिएको छ । चिनो को प्रदर्शनका बेला होर्डिङ बोर्ड राखेको पैसा शोभित बस्यालले अझै पाएका छैनन् । बस्याल भन्छन्, 'बस्नेत काठमाडौ आए पछि फोन त उठाउदैनन् कसरी फिर्ता लिनु ?' उनि भन्छन्, 'बस्नेतको यस्तो प्रवृत्तिका कारण पोखराका सबै दिक्क भैसकेका छन् ।' यता पोखराको गण्डकी टेलिभिजनमा चलचित्र प्रदर्शनका बेला प्रोमो बजाएको पैसा पनि तिरेका छैनन रे शोभितले । यति मात्र हैन शोभितले पोखरामा धेरै नै रकम थुप्रै व्यक्तिहरूलाई तिर्न बाँकी रहेको बुझिएको छ । तर यो कुरालाई भने शोभित स्विकार्दैनन् । उनी भन्छन्, 'यो सब मेरो बदनाम गर्ने चलखेल हो ।'
Read More......

आउँदैछ 'हात लाग्यो शून्य'



दभरोमोन्तनेपाली डट कम  २०६८ आषाढ १६, बिहिवार

नायक राजेश हमाल बाक्लो जुँगा सहित धोती-कुर्ता, जुवारी कोट, काँधमा गलबन्दी र झोला, हातमा छाता, खुट्टामा चप्पल अनि पान चपाउँदै थोत्रो स्कुटरमा चढेर हँसाउन आउँदैछन् । अर्थात फरक गेटपममा प्रस्तुत भएर अभिनय गरेको हमालको चलचित्र 'हात लाग्यो शून्य' यहि साउन महिनाको पहिलो या दोस्रो साता सार्वजनिक हुने करिब पक्का पक्कि भएको छ ।

प्रदर्शनको समय नजिकिंदै गर्दा निर्माण युनिटले चलचित्रको प्रचार प्रसारलाई तिब्र पारेको छ । बिजय बिक्रम बस्नेत निर्देशित चलचित्र 'हात लाग्यो शून्य' एक 'सिचुअसनल कमेडी' चलचित्र हो । जहाँ महानायक धनाढ्य तर मख्खीचुस मधेसी पात्रको भूमिकामा प्रस्तुत भएका छन् । फरक गेटपममा प्रस्तुत भएर पर्दामा देखिन लागेका हमालले मुख बिगरेर हैन कि आफ्नो लवाइखवाइ, हाउभाउ र जीवनशैलीले दर्शकलाई हँसाउने निर्देशक बस्नेत बताउँछन् ।

श्री वि एण्ड वि इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'हात लाग्यो शून्य' लाई बिश्व नेपालले प्रस्तुत गरेका हुन् भने निर्माताको रूपमा शुभकृष्मा पराजुली, भगवती नेपाल  र लक्ष्मी  क्षेत्री रहेका छन् । चलचित्रमा राजेश हमालको साथमा कल्पना शाही, किरण केसी, शुशिल पोखरेल, गोपाल ढकाल छन्दे लगायतका कलाकारले अभिनय गरेका छन् । विकास चौधरीको संगीत, रामजनकको द्धन्द्ध, लोकचन्द्र थापाको छायाँकन र निर्देशक बस्नेतकै नृत्यनिर्देशन रहेको चलचित्र 'हात लाग्यो शून्य' को छायाँकन काठमाण्डौ उपत्यका र बुटवलको आसपासका क्षेत्रमा गरिएको हो ।
 
Read More......

चलचित्रकर्मीबाट ठगिए सुन्दर



thevermontnepali.com June 21,2011
प्राय चलचित्रकर्मीहरुले काम गराएर पैसा दिदैनन् भन्ने चर्चा त नेपाली चलचित्र वृत्तमा चलिनै रहेको छ । कहिले सञ्चारकर्मी, कहिले प्राबिधिक त कहिले होटल ब्यवसायिहरुले आफुहरुलाई चलचित्रकर्मीहरुले पैसा नदिएको बताउदै आएका छन् । अझ केही समय अघि पोखराका होटल ब्यवसायिहरुले त चलचित्रकर्मीलाई आफ्नो होटलमा बस्न नदिने र दिनै परे अग्रिम भुक्तानी लिए मात्र राख्ने जनाएका थिए ।

केहि चलचित्रकर्मीहरुलाई छोडेर हेर्ने हो भने पटक पटक चलचित्रकर्मीहरुले पैसा नतिरेका खबरहरु पनि सार्वजनिक भएका छन्  र यसरी पैसा नपाउने ब्यक्तिहरुकै सुचिमा परेका छन् आइडियल डिजाइनका सुन्दर श्रेष्ठ । प्राय नेपाली चलचित्रको पोस्टर आइडियलमा नै डिजाइन हुने गर्दछ । अझ केही समय अघि सुन्दरले आफुसँग भएका अन्य चलचित्रका तस्विरहरु प्रयोग गरेर पनि चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको पोष्टर तयार गर्ने गरेको बताएका थिए ।


हो यिनै सुन्दर श्रेष्ठ जसले चलचित्रकर्मीहरु सँग धेरै नै पैसा लिन बाँकि छ । आफ्नो जीन्दगीको कमाई मान्ने उनले चलचित्रकर्मीसँग १५ लाख भन्दा बढी रुपैया लिन बाँकी रहेको बताएका छन् । आजसम्म ७ सय भन्दा बढी चलचित्रको पोष्टर डिजाइन गरेको बताउने सुन्दरले आफुले चलचित्रकर्मीहरु सँग पैसा लिन रहेको खुलासा गरेका छन् । आफु चलचित्रकर्मीबाट नराम्रो सँग पिडित भएको बताउदै सुन्दरले चलचित्रकर्मीहरुमा इमान्दारिताको कमी हुने गरेको बताएका छन् ।

आफु २० वर्षदेखि यहि क्षेत्रमा काम गरिरहेको बताउने सुन्दरले केहि चलचित्रकर्मी फिल्मबाट नै पलायन भएको, कोही बिदेश गएको भन्दै आफ्नो मोटो रकम डुबेको गुनासो गरेका छन् । उनले कोही बाटोमा भेटिन्छन् तर उनिहरुले अब चाडै नै अर्को चलचित्र बनाउने र त्यो बेला पैसा मिलाउने बताउने गरेको तर त्यसपछि भेटन नआउने गरेको बताए । आफ्नो महत्वपूर्ण समय खर्चेर पोष्टर डिजाइन गर्ने गरेको बताउदै उनले चलचित्रकर्मीहरुलाई इमान्दार बन्नको लागी आग्रह गरेका छन् ।
Read More......

विराज / निखिलको भविष्य के ?

नेपाली सिनेमामा हुँदा खाँदाका दुई अभिनेता विराज भट्ट र निखिल उप्रेतीको पलायनले फेरि एउटा बहस सिर्जना गरिदिएको छ । उनीहरु दर्शकको नजरमा आइकन हुँदा हुँदै च्वाट्टै छाडेर हिंडे, विराज भोजपुरी फिल्मको चास्नीमा फुल टाइम डुब्न थाले भने निखिल बलिउड चास्नीमा डुब्न संघर्ष गर्दै छन् । दुई हिरोमा एक समानता थियो, दुवै एक्सन हिरोको रुपमा स्थापित थिए र नेपाली दर्शको आँखाले पनि निखिल र विराजले पर्दामा भिलेनलाई भरमार कुटेको देख्न चाहन्थे ।

'अभिनयमा तिखारिएर राम्रो भएको बेला निखिलजि हिंडनुभयो ।’ - शिव रेग्मीshiva-regmi-in

यी सबै कुरा लत्याएर हिंडे उनीहरु । निखिल उप्रेतीसँग धेरै काम गरेका निर्देशक शिव रेग्मी निखिल हिंडेकोमा दुखि छन् । उनी भन्छन्, ‘अभिनयमा तिखारिएर राम्रो भएको बेला निखिल जि हिंडनुभयो ।’ ‘हामी तीन भाइ’, ‘युद्ध’, ‘मानिस’, ‘राम बलराम’जस्ता शिवले निर्देशन गरेको सिनेमामा निखिलले अभिनय गरेका छन् । जसमध्ये तीन वटाबाट नेस्नल अवार्ड पनि पाइसके । निखिल फर्कनुपर्नेमा शिवले जोड दिन्छन् भने विराजबारे पनि उस्तै धारणा व्यक्त गर्छन् रेग्मी । ‘भोजपुरी सिनेमामा व्यस्त भएपनि विराज जि फर्कनुहोला’ अभिनेता शिव श्रेष्ठको उदाहरण दिंदै भन्छन्, ‘शिव जि पनि पाकिस्तानी सिनेममा व्यस्त भएपनि आखिर नेपालै फर्कनुभो ।’
'यी हिरोहरुले आफूसँग भएको प्रतिभा पूर्ण रुपमा एक्सपोज गर्न नपाएकाले उता गएका हुन सक्छन्'- यज्ञशyagyasha-in

यसैगरी पत्रकार यज्ञशको नजरमा यी हिरोहरुले आफूसँग भएको प्रतिभा पूर्ण रुपमा एक्सपोज गर्न नपाएकाले उता गएको हुन सक्ने अड्कल काट्छन्। उनी भन्छन्, ‘निखिल जिले ठूलो मार्केट खोजेको हुनसक्छ ।’ यसबाहेक मानोटोनस फिल भएर पनि यहाँबाट हिंडेको हुन सक्ने अड्कल उनको छ 
Read More......