Notice

Now We are Going to Upatede New Serial,Movie,song As well as other Stuff

hamro aawaj weekly program

ChamChami November 27th Click here
-Weekly Program Hamro Aawaza Click here

-Harke Haldar November 27th Click Here



Powered by Blogger.

wanted First Refugee Movie

wanted First Refugee Movie
Released

recent movie

interview of week program


राजबल्लभले भने 'नेपाली सिनेमा यार्सागुम्बा जस्तो'



फिल्मीखबर, काठमाण्डौ, २०६८ मंसिर ११, आईतवार

साहित्यप्रेमी हिरो राजबल्लभ कोईरालाले बहुमूल्य जडिबुटी यार्सागुम्बासंग नेपाली चलचित्रलाई दाँजेका छन् ।
 
फिल्मीखबरसंग कुरा गर्दै बल्लभले भने, 'जसरी आधा जीव र आधा बनस्पतिको रूपमा यार्सागुम्बा छ त्यसैगरी चलचित्र उधोग न त कलाको रूपबाट पूर्ण  छ  न साहित्यको रूपबाट, त्यसैले यो उधोग यार्सागुम्बा जस्तो छ ।' यसैगरी चाडपर्वको सिजनमा मात्र राम्रो ब्यापार हुने नेपाली सिनेमाको बजारलाई पनि उनले यार्सागुम्बासंग दाँज्दै टिप्पणी गरेका छन् । उनी भन्छन्, 'जतिसुकै राम्रा सिनेमा बने पनि ब्यापारका लागि चाडपर्व नै चाहिदो रहेछ त्यसैले यार्सागुम्बा संकलन गर्न पनि एउटा सिजन चाहिन्छ ।'  हिमाली भेगमा मात्र पाईन च्याउ प्रजातिको जडिबुटी यार्सागुम्बा बयष्क हुनु अघि जेठ-असार महिनामा  संकलन गरिन्छ । 
 
 
पछिल्लो समय चलचित्र निर्माणको क्रमममा चलचित्रकर्मीले जस नपाएको बिषयलाई पनि उनी कवितामा ढाल्दै ब्यथा पोख्छन् । मंसिरको पहिलो साता उनले आफ्नो फेसबुक फ्यान पेजमा मिठास पूर्वक यसरी  लेखेका छन् - एउटा यथार्थ फिल्मी कविता.... ( आज 'मलाई मन पर्यो' को प्रेस शो। हेरुम कस्तो प्रतिक्रिया आउछ । बिडम्बना थोरै हाम्रा दर्शक, थोरै साथ, अनि चलचित्रको जाम पछिल्लो समयमा कसैले जस पाएका छैनन् । मौसम जस्तै चिसो छ गतिबिधि। धन्य अझै चली राखेको छ चलचित्र उधोग। तर आशा चै छ है । कठै जिन्दगीमा आशा हुनु पनि कति ठुलो कुरो रहेछ।' ) 
  Source From Flimykhabar.com

0 comments:

Post a Comment