Notice

Now We are Going to Upatede New Serial,Movie,song As well as other Stuff

hamro aawaj weekly program

ChamChami November 27th Click here
-Weekly Program Hamro Aawaza Click here

-Harke Haldar November 27th Click Here



Powered by Blogger.

wanted First Refugee Movie

wanted First Refugee Movie
Released

recent movie

interview of week program


चलचित्रकर्मीबाट ठगिए सुन्दर



thevermontnepali.com June 21,2011
प्राय चलचित्रकर्मीहरुले काम गराएर पैसा दिदैनन् भन्ने चर्चा त नेपाली चलचित्र वृत्तमा चलिनै रहेको छ । कहिले सञ्चारकर्मी, कहिले प्राबिधिक त कहिले होटल ब्यवसायिहरुले आफुहरुलाई चलचित्रकर्मीहरुले पैसा नदिएको बताउदै आएका छन् । अझ केही समय अघि पोखराका होटल ब्यवसायिहरुले त चलचित्रकर्मीलाई आफ्नो होटलमा बस्न नदिने र दिनै परे अग्रिम भुक्तानी लिए मात्र राख्ने जनाएका थिए ।

केहि चलचित्रकर्मीहरुलाई छोडेर हेर्ने हो भने पटक पटक चलचित्रकर्मीहरुले पैसा नतिरेका खबरहरु पनि सार्वजनिक भएका छन्  र यसरी पैसा नपाउने ब्यक्तिहरुकै सुचिमा परेका छन् आइडियल डिजाइनका सुन्दर श्रेष्ठ । प्राय नेपाली चलचित्रको पोस्टर आइडियलमा नै डिजाइन हुने गर्दछ । अझ केही समय अघि सुन्दरले आफुसँग भएका अन्य चलचित्रका तस्विरहरु प्रयोग गरेर पनि चलचित्रकर्मीहरुले आफ्नो चलचित्रको पोष्टर तयार गर्ने गरेको बताएका थिए ।


हो यिनै सुन्दर श्रेष्ठ जसले चलचित्रकर्मीहरु सँग धेरै नै पैसा लिन बाँकि छ । आफ्नो जीन्दगीको कमाई मान्ने उनले चलचित्रकर्मीसँग १५ लाख भन्दा बढी रुपैया लिन बाँकी रहेको बताएका छन् । आजसम्म ७ सय भन्दा बढी चलचित्रको पोष्टर डिजाइन गरेको बताउने सुन्दरले आफुले चलचित्रकर्मीहरु सँग पैसा लिन रहेको खुलासा गरेका छन् । आफु चलचित्रकर्मीबाट नराम्रो सँग पिडित भएको बताउदै सुन्दरले चलचित्रकर्मीहरुमा इमान्दारिताको कमी हुने गरेको बताएका छन् ।

आफु २० वर्षदेखि यहि क्षेत्रमा काम गरिरहेको बताउने सुन्दरले केहि चलचित्रकर्मी फिल्मबाट नै पलायन भएको, कोही बिदेश गएको भन्दै आफ्नो मोटो रकम डुबेको गुनासो गरेका छन् । उनले कोही बाटोमा भेटिन्छन् तर उनिहरुले अब चाडै नै अर्को चलचित्र बनाउने र त्यो बेला पैसा मिलाउने बताउने गरेको तर त्यसपछि भेटन नआउने गरेको बताए । आफ्नो महत्वपूर्ण समय खर्चेर पोष्टर डिजाइन गर्ने गरेको बताउदै उनले चलचित्रकर्मीहरुलाई इमान्दार बन्नको लागी आग्रह गरेका छन् ।

0 comments:

Post a Comment