Notice

Now We are Going to Upatede New Serial,Movie,song As well as other Stuff

hamro aawaj weekly program

ChamChami November 27th Click here
-Weekly Program Hamro Aawaza Click here

-Harke Haldar November 27th Click Here



Powered by Blogger.

wanted First Refugee Movie

wanted First Refugee Movie
Released

recent movie

interview of week program


रक्षा गर्दै राजु


फिल्मीखबर, काठमाण्डौ
कलाकार हुँदै चलचित्र निर्देशनमा हात हालेका राजु गिरी एक पछि अर्को चलचित्र निर्देशनमा ब्यस्त हुन थालेका छन् । चलचित्र दिलमायाबाट राम्रो प्रशंसा पाएपछि राजुले त्यस लगत्तै २ चलचित्रको निर्देशन गरे । डिजिटल चलचित्र 'खतरनाक जंगल' बाट निर्देशनमा हात हालेका गिरीले अहिले अर्को चलचित्र निर्देशन गर्दैछन् ।


चलचित्र चन्द्रावती, हत्याकाण्ड, मै राम्री जस्ता चलचित्र निर्देशन गरेपछि अहिले उनी रक्षा नामको चलचित्रमा काम गर्दै छन् । राजेश हमालको डेट फाइनल हुन बाँकी रहेको बताउदै गिरीले हमालले समय दिए १६ गतेबाट नै छायाँकन शुरू गर्ने जानकारी दिएका छन् । एक जना नायिकाको छनौट हुन बाँकी रहेको बताउने गिरीले अर्की नायिका भने भेटेका छन् । यसअघि चलचित्र हत्याकाण्डबाट डेब्यु गरेकी नायिका सारिका घिमिरेलाई नै उनले यो चलचित्रमा पनि दोहोराउने भएका छन् ।


पवन बस्नेतले निर्माण गर्ने चलचित्र रक्षामा प्रकाश धितालले स्कृप्ट लेखेका छन् । रामेश्वर कार्कीले क्यामेरामा दृष्यहरु कैद गर्ने छन् । रोशन श्रेष्ठले कलाकारको बिचमा लर्डाई गराउने छन् भने कबिराजले कम्मर मर्काउन लगाउने छन् । यसअघिका चलचित्रमा जस्तै यसपटक पनि राजुको चलचित्रमा संगीत अर्जुन पोखरेलले दिने भएका छन् । नेपालको समसामयिक राजनीतिलाई मुख्य विषय बनाइएको सो चलचित्रको छायाँकन काठमाडौं तथा पोखरामा हुने बताईएको छ ।

0 comments:

Post a Comment